‘भोक सहन नसकेर माओवादी कार्यकर्ताले मतपत्र नै च्यातेर खाए’ : योगेश भट्टराई

ताप्लेजुङ, १६ जेठ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनको भरतपुरमा जितको भोक सहन नसकेर माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र नै च्यातेर खाएको बताएका छन् ।

नेकपा एमाले ताप्लेजुङले जिल्लाको मिक्वाखोला गाउँपालिकामा आयोजना गरेको चुनाबी आमसभालाई मंगलबार संबोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

नेकपा एमालेले चितवनमा जित्ने सुनिश्चित भईसकेको समयमा माओवादी केन्द्रले सहन नसकेर मतपत्र नै च्यात्ने दुश्कर्म गरेको बताउँदै एमाले यसरी आतिने अबस्थामा कहिल्यै नआउने दाबी गरे ।

पहिले देखिनै एमाले पक्षको जनलहर देखेर आत्तिएकाहरु पहिलो चरणमा भएको स्थानिय तहको निर्वाचनको मत परिणाम देखेर झनै तर्छिएको दाबी गर्दै उनले दोस्रो चरणको चुनाबमा आउने एमालेको बाढी सहन नसक्ने देखेर चुनाब भाड्ने अनेक बाहाना खोज्न काँग्रेस–माओवादी चुनाव सारे पनि एमालेको जित सुनिश्ति भएको बताए ।

अबको समग्र निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने दाबी गर्दै सचिव भट्टराईले एमालेको सरकार भए पछि प्रत्येक गाउँपालिकामा २० करोड रकम विकास निर्माणका लागि मात्रै छुट्याउने बताए । गाउँका जनताले सिंहदरबारको ढोका घच्घच्याउने दिन गएकाले जनताको अधिकार सुनिश्चित गर्न एमाले बाहेक कुनै पार्टी नेपालमा नजन्मिएको दाबी समेत गरे ।

बृद्धबृद्धा, बालबालिका, सबै जात, धर्म, पेशा र समुदायलाई समेटेर हिड्न जान्ने पाटि एमाले मात्र भएकाले जनमत एमालेको पक्षमा भएको सचिव भट्टराईको भनाई छ ।

स्थानिय तहको निर्वाचनमा मात्र नभई सबै निर्वाचनमा एमाले खम्बा जस्तो शक्ति भएकाले एमाले बाहेकका सबै शक्ति मिलेर लडे पनि एमालेलाई हल्लाउन नसक्ने उनको दाबी छ । ताप्लेजुङ जिल्ला एमालेको किल्ला भएकाले सो किल्लालाई ढोडको किल्ला नसम्झि फलाम भन्दा दह्रो किल्ला सम्झन अन्य दललाई चुनौती समेत दिए ।

सोहि चुनावी आमसभालाई संबोधन गर्दै एमाले केन्द्रिय श्रम तथा रोजगार विभागका सदस्य चित्रगुप्त साँवाले मिक्वाखोलाको विकास एमालेलाई जिताएर मात्र सम्भव भएको बताउदै उनले फेरि एमालेलाई जिताउनु आग्रह गरे ।

सो गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार साँवाले ५ बर्षको अन्तरालमा पापुङमा पुर्याउने घोषणा गरे । उनले मिक्वाखोला गाउ पालिकामा भएको भएको बाटो घाटो विद्यालय लगायतको बिजुली लगायतको निर्वाण स्तर उन्नती गर्ने विदाको दिन बाहेक सवै दिनमा काम गर्ने बचन प्रतिबद्धता ब्यक्त गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।