सल्लेरीमा भेटियो मृत नवजात शिशु !

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नबजात शिशु मृत भेटिएका छन् । नयाँ बजार स्थीत मुख्य सडकको भीरमा नवजात शिशु भेटिएको हो । मंगलबार अपरान्ह जन्मेर फालेको अबस्थामा शिशु भेटिएको हो । सालनालसहित भेटिएको शिशुको शारीरिक अंग पूर्णरुपमा विकास भइसकेकाले महिना पुगेर नै जन्मिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर शिशु कस्ले जन्माएर फालिन् भन्नेबारे खुलेको छैन ।

अबैद्ध संबन्धबाट जन्मेको शिशु भएकाले कसैले हत्या गरि फालेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यस बारे थप कुनै सुराक नमिलिसकेकाले अनुसनधान सुरु गरिएको प्रहरीले जनाएको छ । शिशुको शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ । यस अघि पनि डेड बर्ष पहिले सोही स्थान नजिकै नबवात शिशुको शब भेटिएको थियो । ०७२ मंसिर २७ र २८ गते दुइ वटा यस्तै शिशु भेटिएको थियो ।

जिवित शिशु जन्माइ हत्या गरी फालेको भए घटनाको प्रकृतिअनुसार सर्बस्वसहित जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ । यदि सामान्य अबस्थामा शिशुको जन्म भइ मृत्यु भएको भए फोहोरको डंगुरमा शव कसैले नफाल्ने भन्दै अबैध सम्वन्धबाट नै शिशुको जन्म भइ हत्या गरी फालेको हुनसक्ने स्थानीयको ठहर छ । सोलुखुम्बुमा पछिल्लो समय अबैध यौन सम्बन्धबाट शिशु जन्माइ हत्या गरी फाल्ने क्रम बढ्दै गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖