मतपत्रच्यात्नेलाई कानुनी कारवाही गरी मत गणना सुरु नगरेसम्म एमालेले सदन अवरोध गर्ने

काठमाडौं, १७ जेठ । महान्याधिवक्ता रमण श्रेष्ठसमेतको मिलेमतोमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने र पुन मतदान गर्ने सत्तापक्षको योजना अनुरुप मतपत्र च्यातिएपछि प्रमुख विपक्षी दल एमालेले भरतपुरको मतगणना नगरेसम्म संसद चल्न नदिने भएको छ । मतपत्र च्यातेर पुन मतगणना गराउने लोकतन्त्र र निर्वाचन पद्दति विरोधी कार्यमा महान्याधिवक्ता श्रेष्ठ, माओवादी मतगणना प्रतिनिधि र निर्वाचनमा खटिएका अधिकृत कविप्रसाद न्यौपानेको मिलेमतो थियो ।

महान्याधिवक्ता श्रेष्ठले तयार पारेको योजना अनुसार माओवादीका गणना प्रतिनिधिले मतपत्र च्यात्ने र पुन मतदानका लागि आधार तयार गर्नेगरी निर्वाचन अधिकृतले मतगणनास्थल कब्जा भएको प्रतिक्रिया दिएर भरतपुर १९ मा पुन मतदान गराउने योजना सत्तारुढ गठबन्धनले बनाएको थियो ।

सोही योजना अनुसार माओवादीले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित गरिएको छ भने सत्तारुढ गठबन्धन तथा भरतपुरको चुनावी गठबन्धनमा रहेका कांग्रेस र माओवादीले पुन मतदान गराउन माग गरेका छन् । एमालेले भने मतपत्र च्यात्नेलाई कारवाही गर्दै मतगणना सुचारु गर्न माग गरेको छ ।

भरतपुरमा मतपत्र च्यात्नेलाई कानुनी कारवाही गरी मतगणना सुरु नगरेसम्म संसदको कारवाही अगाडि बढाउन नदिने एमालेले जनाएको छ । भरतपुर प्रकरण लोकतन्त्र र निर्वाचन पद्दतिमाथिको आक्रमण रहेको भन्दै एमालेले सो प्रकरणको टुंगो नलागि सदनको कारवाही अघि बढाउन नदिने जनाएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖