भरतपुरको मतगणना तत्काल सुरू नगरे देवी ज्ञवालीलाई विजयी घोषणा गर्ने एमालेको चेतावनी (भिडियो सहित)
काठमाडौँ, १७ जेठ । नेकपा एमालेले तत्काल भरतपुर महानगरपालिकाको मतगणना सुचारु नगरे स्वयं विजयी घोषणा गर्ने चेतावनी दिएको छ । बुधबारको संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले निर्वाचन आयोगले तत्काल मतगणना नगरी अन्यथा निर्णय गरे स्वयं विजयी घोषणा गर्ने चेतावनी दिएका हुन । सांसद पाण्डेले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली विजयी उन्मुख भैरहेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै माओवादीले जनमतमाथि बलत्कार गरेको आरोप लगाए । उनले यस्तै गरी हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यात्ने हो भने देशैभरिको मत परिणाम सार्वजनि नहुने र पाँच वर्षसम्म चुनाव भइरहने बताए । उनले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नसक्ने भन्दै एमालेको निर्णय सुनाएपछि सबै एमालेका संसदले उभिएर बैठकमा अबरोध सिर्जना गरे । एमालेको अबरोधपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संसद बैठकमा एमालेले दिएको चेतावनी तल हेर्न सक्नुहुन्छ ।


