‘एमालेको के ताल हो यो ?’

काठमाडौं, १७ जेठ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भरतपुर घटनालाई लिएर एमालेले संसद अवरुद्ध गरेकोमा असन्तुष्टि जनाएका छन् । एमालेले बुधबारको संसद बैठक अबरोध गरेपछि श्रेष्ठले एमालेको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

स्वतन्त्र संवैधानिक आयोगले भरतपुर घटनाको छानबिन गरिरहेका बेला सदन अवरुद्ध गरेर एमालेले गलत गरेको माओवादीको ठहर छ । एमालेले संसद अवरुद्ध गरेकोप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता श्रेष्ठले एमालेलाई ‘यो के ताल हो ?’ भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘एमालेको के ताल हो यो ? लोकतन्त्रको कुरा गर्ने, अनि निर्बाचन आयोगले गर्ने कामको निम्ति संसद बैठक अबरुद्द गर्ने । यो पनि हद भयो । जे गरे पनि हुन्छ ?’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।