महानगरमा सबैभन्दा पहिला बिजयी हुने सौभाग्य पाएका ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनसंगको टफ-टक

ललितपुर महानगरपालिकाको पहिलो जननिर्वाचित मेयर बन्ने सौभाग्य पाएका चिरिबाबु महर्जनको जन्म १६ मंसिर ०१४ सालमा ललितपुरको पुल्चोकमा भएको हो । त्रिभुनव विश्वविद्यालयबाट एमकम उत्तीर्ण चिरिबाबु ललितपुरका जनताबीच कति लोकप्रिय छन् भन्ने कुरा उनी यसअघि ललितपुर नगर र उपमहानगरमा तीनपटकसम्म निर्वाचित वडा अध्यक्ष थिए भन्ने तथ्यले पुष्टि गर्छ । पहिले पार्टीले टिकट दिएर र त्यसपछि जनताले निर्वाचित गरेर उनको काँधमा महानगरपालिकाको ठूलो भारी हालिदिएका छन् । तर, उनी यो भारीलाई जिम्मेवारीबोधसहित पूरा गर्ने बताउँछन् । उनले महानगरपालिकाभित्र बढ्दै गएको भ्रष्टाचार, अनियमितता कम गर्ने, महानगरबासीलाई सेवा प्रवाह गर्ने काममा हुने ढिलासुस्ती अन्त्य गरेर सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगरभित्र समस्या बन्दै गएको धुँवा, धुलो, प्रदुषण न्युनिकरण देखि, गोरखा भूकम्पले भत्काएका लतिललपुरका ऐतिहासिक, सांस्कृतिक सम्पदाको पुरानै स्वरुपमा पुनर्निर्माणका योजनासम्म उनले बनाएका छन् । तिनै प्रमुखसँग गरिएको कुराकानी हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।