नेपाल, भारत र चीन टुक्रयाउने योजनामा अमेरिकी संस्था, जर्ज सोरस र फादर मुन रहेको राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीको दाबी (भिडियो सहित)

चीन टुक्र्याउन नेपाली क्रिश्चियनहरु सहयोगी हुने एक अमेरिकी संस्थाले नै खुलासा गरेको सुबेदीको दाबि !

नेपालको राजनीतिलाई प्रभावमा लिएर चीनलाई पाँच टुक्रा पार्ने र भारतलाई पनि बाँकी नराख्ने उद्देश्य बोकेको एक अमेरिकी संस्थाले नेपालका मिडियामा पनि लगानी गरिरहेको छ ।

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीका अनुशार अमेरिकाको ओपन सोसाइटी फाउन्डेसनको एक रिपोर्टमा यस्तो उल्लेख छ ।

यो त्यही फाउन्डेसन जसबाट नेपालका केही मिडियाले पनि पैसा लिन्छन् । यसरी अमेरिकी संस्थाले नेपाल जस्तो मुलुकमा लगानी गर्दा उनीहरुलाइ के फाइदा हुन्छ त ?

सुवेदी भन्छन्, ‘पैसा दिने, अनि आफू अनुकलका मान्छे, संस्था तयार पार्ने र भोलिका दिनमा नेपाललाई प्रभावमा लिएर चीन टुक्रा पार्ने मूभमेन्ट चलाउने उद्देश्य हो ।’

सुवेदी थप्छन्, ‘यो फाउन्डेसनले उसको रिपोर्टमा नेपालको हिमाली र पहाडी क्षेत्रमा छ लाख नेपालीलाई क्रिस्चियन बनाइसकिएको र ती क्रिस्चियनहरु चीन टुक्रा पार्नमा सहयोगी हुनेछन् भन्ने छ ।

उनीहरुको चाहना भारत टुक्रा पार्ने पनि हो । तर नेपाललाई ककपिटका रुपमा प्रयोग गरेर चीनमा धावा बोल्ने हो ।’

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि नेपाल जस्ता मुलुकमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा सुवेदीसँग गरिएको कुराकानीमा उनले केही नयाँ तथ्य खुलासा गरेका छन् ।

उनले अमेरिकाले विभिन्न आइएनजिओ मार्फत अरु देशको राजनीतिलाई अस्थिर गर्न पैसा लगानी गर्छ । ट्रम्पले अरु भन्दा पनि पहिले अमेरिकी सरकारले आफ्नै जनताका लागि पहिलो प्राथमिकतामा राख्नु पर्छ भनेका छन् ।

बाहिर आवरणमा हेर्दा दुःखी मानिसहरुकालागि सहयोग गरे जस्तो देखिने तर भित्री रुपमा आइएनजिओमार्फत अरु मुलुकको राजनीति अस्थिर पार्ने गरि भइरहेको लगानी ट्रम्पले रोक्न सक्छन् ।

यदि त्यस्तो भयो भने ट्रम्पको उदयले नेपालझै कैयन देश लाभान्वीत हुन सक्छन् । राजनीतिक अस्थिरता क्रमश घट्दै जान सक्छ । – हेर्नुहोस् नेपालआजको यो भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।