धनकुटाको पशु पालनलाई साढे ३ करोड बढी खर्च गरिने : १ सय ४ फर्महरुलाई डेढ करोड अनुदान
धनकुटा खबर, जेठ २३ । जिल्लालाई मासु तथा दुधमा आत्मर्निभर बनाउने उदेश्यले धनकुटाको पशुपालनका लागि चालु आर्थिक बर्षमा ३ करोड ६५ लाख २७ हजार खर्च गरिने भएको छ ।
पशुपंक्षि फर्म तथा डेरी सुधार कार्यक्रम अन्तर्गत् जिल्ला र केन्द्र स्तरका बिभिन्न ६ शिर्षकको कार्यक्रमका लागि पशु कार्याल धनकुटाले उक्त रकम खर्च गर्न लागेको हो ।

कार्यालयले कुल रकमबाट जिल्लका १ सय ४ वटा पशु फर्म तथा समुहका लागि १ करोड ६४ लाख ९० हजार अनदान र २ करोड ३७ लाख रुपैंया पशुपालन क्षेत्रको नीति तथा कार्यक्रममा खर्च गर्ने जानकारी दिएको छ ।
कार्यालयले पशु आहारको लागि १० वटा पशु फर्मलाई ८ लाख १० हजार अनुदान रकम सहित कुल १३ लाख ४२ हजार खर्च गर्नेछ ।
त्यस्तै बंगुर पालन का लागि ६ वटा समुहलाई १४ लाख अनुदान सहित १६ लाख १४ हजार र २२ वटा बाख्रा फर्मका लागि २४ लाख अनुदान सहित २५ लाख १० हजार खर्च गरिने छ ।
तीन वटा डेरी उद्योग अन्तर्गत २५ वटा गोठ सुधार,५ सहकारी,४ गाई फर्म र २ डेरीका लागि ९९ लाख ३० हजार अनुदान सहित १ करोड १३ लाख ४० हजार खर्च गरिने छ ।
त्यस्तै ३० वटा कुखुरा फर्मका लागि १९ लाख ५० हजार अुदान सहित २१ लाख ५० हजार खर्च गरिने कार्यालयले जानकारी दिएको छ ।
नश्ल सुधार कार्यक्रमका लागि ४ लाख ९७ हजार खर्च गरिने कार्यालयका निमित्त प्रमुख भविन्द्र मरासिनीले जानकारी दिए ।
मरासिनीले सम्पूर्ण अनुदान तथा कार्यक्रमहरु ८० प्रतिशत भन्दा बढी काम पुरा भईसहेको जानकारी दिए ।
हाल धनकुटामा १ सय ३१ गाई फर्म,१२ भैंसी,१ सय २७ बाख्रा,७९ बंगुर र ४३ वटा लेयर कुखरा सहित १ सय ८ वटा ब्रोईलर कुखुरा फर्म गरी जिल्लामा कुल ४ सय ५७ फर्महरु सन्चालनमा रहेको कार्यालयको तथ्यांक छ ।


