नेपालको तराईलाई भारतमा गाभ्नु भारतको दीर्घकालीन रणनीति नै हो : डा.युबराज संग्रौला (प्रमाणसहित भिडियो)
नेपालको तराई बिखण्डन गराउन मधेश आन्दोलनको नेतृत्व भारतले गरेको हो : नेपाललाई हिन्दु राष्ट्र बनाउने बिजेपी सरकारको दवाब नमान्दा नाकाबन्दी भाको हो
पूर्वमहान्यायधिवक्ता युवराज संग्रौला अन्तर्राष्ट्रिय कानूनका ज्ञाता हुन् । राष्ट्रियताका पक्षमा प्रष्ट विचारहरु अभिव्यक्त गर्ने संग्रौलाले भारतीय नाकाबन्दीलाई लिएर भारतको कटु आलोचना गरेका थिए !
मधेस आन्दोलन त बाहाना मात्रै हो । आफूलाई नसोधिकन संविधान जारी गर्दा मोदीले अपमानित भएको महसुस गरे । त्यसैले आफ्नो दम्भको तुष्टिका लागि मधेसका केही नेतालाई प्रयोग गरेका हुन् ।
जापानबाट निस्कने डिप्लोम्याट भन्ने म्यागजिनमा एक भारतीयले लेख लेखेका छन् । त्यसमा प्रष्ट शब्दमा नेपालको तराई भूमिलाई भारतमा गाभ्नुपर्छ भनेर लेखिएको छ । यो प्रायोजित लेख थियो । भारतको संस्थापनले रियाक्सन बिचार गर्नका लाग लेख्न लगाएको । भारतको दीर्घकालीन रणनीति यही नै हो ।
आवरणमा मधेसी छन् । तर, आन्दोलन भारतले गरिरहेको छ । एकैचोटि तल गएर हेर्नुस कस्तो छ आन्दोलन ? कति छन् आन्दोलनकारी ? जनकपुरमा ५ लाख मानिस छन् ।
तर, आन्दोलनमा हिड्ने पाँच सय पनि हुन्नन् । तर मिडियाले लेखिदिन्छन् जनकपुर बल्यो । म त मिडियाको पनि दोष देख्छु । १० जना केटाकेटी भेला भएर गाडी फुटाउँछन् । प्रहरीले रोक्दैन । रोक्यो भने दमन भयो भनेर मिडियाले नै हल्ला गर्छन् ।
आन्दोलनमा भारत सरकारको आर्थिक लगानी छ भन्ने कुरा स्वयम्सिद्ध छ । रक्सौलको होटलबालाले आन्दोलनकारीलाई सित्तैमा भात खुवाउदैन । यो त उसको बिजनेस हो ।
भारत सरकारले भात खुवाइरहेको छ । भारत सरकारले आफ्नो भूभागबाट ढुंगा हान्न मान्छे खटाइरहेको छ । अनि त्यसैलाई देखाएर भनिरहेको छ कि सीमामा अवरोध भयो । आफैं ढुंगा हान्छ र आफैं भन्छ, ढुंगा हानियो ।
केही ठाउँमा मालपोत कार्यालय, नापी कार्यालय र सिडिओ कार्यालय जलाइए । खास खासका तथ्यांकहरु समाप्त पार्नलाई योजनावद्धरुपमा यसो गरिएको छ ।
म फेरि पनि भन्छु, आन्दोलनको नेतृत्व मधेसी मोर्चाले होइन, भारतले गरिरहेको छ ।
भिडियो भाग १
भिडियो भाग २


