‘नेपाली होइन , भारतीय नागरिक हुँ भन्ने बिपी सबैभन्दा ठुला राष्ट्रवादी भए’ : प्रदिप गिरी (भिडियो सहित)

आदिवासीलाई अधिकार दिदा बर्षौदेखि नेपाललाई दोहन गर्दै आएको समुहको केहि व्यक्तिहरुलाई राज्य सत्ताबाट अधिकार गुम्ने भयले राष्ट्रबादको नारा लगाउदै छन् !

– ओलीले बिखण्डनकारी राष्ट्रवादको नेतृत्व गरेका छन् यसलाई ओली आफैले सपार्नु पर्छ !
– मधेशी ,थारु ,जनजाती ,आदिवासीलाई अधिकार दिदा बर्षौदेखि नेपाललाई दोहन गर्दै आएको समुहको केहि व्यक्तिहरुलाई राज्य सत्ताबाट अधिकार गुम्ने भयले राष्ट्रबादको नारा लगाउदै छन् !
– धर्म निरिपेक्ष , गणतन्त्र , समानुपातिक समावेशिता , आरक्षण सबै माओबादी जनयुद्दले ल्याएको हो जसलाई अवमूल्यन गर्न मिल्दैन यसकारण सिंगो देश नै माओबादीको एजेन्डामा हिडेको प्रष्ट छ !

यी भनाइ हुन् नेपाली कांग्रेस भित्र बौद्दिक,तार्किक कुरा गर्ने शान्त स्वभाबका, भलाद्मी,चिन्तक नेता भनेर चिनिने प्रदिप गिरीको।सशस्त्र द्दन्दको बेलामा आफ्नै पार्टि नेपाली कांग्रेसलाई मुख्य दुश्मन घोषणा गरेर उसका कार्यकर्ता र नेता माथी भौतिक आक्रमण ( सफाया) गरिरहेका माओबादिको कट्टर समर्थक हुन् गिरि। उनलाई माओबादिको अघोषित प्रबक्ता पनि भनिन्थ्यो।

प्रचण्डलाई राजनेता मान्ने गिरी प्रगतिशिल बिचार राख्ने नेता हुन्। नेपाली कांग्रेस भित्र गणतन्त्रको ‘ग’ पनि सुन्न नचाँहने नेतृत्वमा रहेको बेलामा गिरीले पार्टि भित्र प्रस्टसँग गणतन्त्रको मुद्दा उठाएका थिए। गिरीले एपि-१ टेलिभिजनको कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय‘ टीकाराम यात्री सँग बिभिन्न समसामयिक राजनीति लगायत अन्य थुप्रै बिषयमा कुराकानी गरे।

राष्ट्रबादको नारा सुगौली सन्धिदेखिको हो,केपी ओलीले ल्याएको होइन गिरी बताउँछन्। गिरी ओलीको राष्ट्रबादले बिखण्डनको घेरा कोरेको आरोप लगाउँछन् र ओली जस्तो मान्छे सबैको नेता,राष्ट्रीय नेता बन्नुपर्छ भन्ने सुझाब दिन्छन् र मधेशी,जनजाति लगायत पछाडि परेका समुदाय सबैको कुरा सुनेर संबिधान संशोधन गर्नुपर्ने प्रस्ट धारणा राख्छन्।

एक प्रसंगमा बिपिले आफुलाई भारतीय मानेको गम्भीर कुराको गिरीले खुलासा गरेका छन् जुन नेपाली राजनैतिक इतिहास कै गम्भीर बिषयलाई पहिलो पल्ट भनेको गिरिले बताए !

बि.सं १९९९ मा बिपी भारतमा चलेको अंग्रेजहरु बिरुद्दको ‘भारत छोडो’ आन्दोलनमा लाग्दा पटनामा पक्राउ परे। तत्कालीन राणा प्रधानमन्त्री जुद्दशमशेरले अंग्रेजहरुलाई भारतमा पक्राउ परेका नेपाली राजबन्दीहरुलाई नेपाल बुझाउन चिट्ठि लेखे।

त्यसपछि बिपिले पटनाको उच्च अदालतमा म नेपाली हँदै होइन,मलाई किन नेपाल फर्काउने,मसँग भारतको रासन कार्ड छ र मेरो घर समेत भारतको ‘टेडि’ भन्ने ठाउँमा छ। गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्दै मेरो दाजु भारतीय नागरिक हुन्,मसँग यो प्रमाण छ भनेर, प्रमाण समेत बुझाए।

त्यसको केहि दिनपछि बीपीले ‘नेपाली राष्ट्रीय कांग्रेस‘को स्थापना गर्नुभयो,त्यसको उद्घाटन भाषणमा बीपीले राजनितिक, सांस्कृतिक, आर्थिक र भौगोलिक दृष्टिकोणले नेपाल र भारतमा कुनै फरक छैन, अंग्रेजहरुलाई शासन गर्न सजिलो हुने भएर मात्रै नेपाललाई छुट्टयाएर राखेको थियो भन्ने तिनै बिपी पछि सबैभन्दा ठुला राष्ट्रवादी कहलाए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।