नेपाल र यमन बिच एसियन कप छनोट प्रतियोगिता अन्तर्गतको प्रत्यक्ष प्रसारण भिडियो हेर्नुहोस्
नेपालले एसियन कप २०१९ छनोटको दोस्रो खेलमा मंगलबार यमनसँग हलचोक मैदानमा प्रतिस्पर्धा गर्दैछ ।तीन महिनाअघि मनीलामा भएको पहिलो खेलमा फिपिन्ससँग ४–१ ले हारेको नेपाली टिमले यमनलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । तर त्यसका लागि पछिलला खेलहरुमा देखिएको कमजोरी नेपाली टिमले सच्याउनैपर्ने हुन्छ ।सोलिडारिटी कप विजेताको रुपमा एसियन कपको अन्तिम छनोट खेल्ने अवसर पाएको नेपालले डिफेन्समा लगातार गल्ती गर्दै आएको छ । जसलाई प्रशिक्षक ग्योतोकु कोजीले‘चुनौती व्यवस्थापन’ भनेका छन् र त्यसलाई सुधार गर्दै विपक्षी खेलाडीलाई कडा निगरानीमा राख्नसके नेपालले यसपालीको छनोटमा पहिलो अंक अंक जोड्न सक्छ । गत साता मुम्बईमा भारतसँग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिमको स्कोरिङमा पनि समस्या देखिएको थियो । दुवै समस्यालाई हलचोक मैदानमा सुधार गर्ने कोजीले अपेक्षा गरेका छन् ।
यस खेलको लागि नेपालले सातदोबाटोको आर्टिफिसियल टर्फमा र युद्धग्रस्त यमनले इजिप्टको राजधानी कायरोमा करिब एक महिना तयारी गरेको थियो । फिफा वरीयतामा नेपालभन्दा ४५ स्थानमाथि रहेको यमनले स्वदेशमा सन् २०१३ यता कुनै खेल खेलेको छैन । उसको घरेलु लिग पनि २०१४ देखि युद्धकै कारण रोकिएको छ । नेपालको लिग नभएको पनि तीन बर्ष हुन लागेको छ । त्यसैले लिग नहुदाको असर दुवै टिमका खेलाडीले भोगेका छन् ।
https://youtu.be/0Qvd54g4IlA


