जन्मदिनमा निकाले सन्तोषले यस्तो मर्म-स्पर्सी गीत – हेर्नुहोस् भिडियो

गायक सिमानत सन्तोषले आफ्नो जन्मदिनमा एक वियोगान्तक, मर्म स्पर्सी गित लिएर आएका छन् । विगत ३ वर्ष देखि नेपाली सांगीतिक आकासमा थुप्रै गीत गाएर छोटो समयमै मौलाएका सन्तोष पछिलो समय युवाको मन र ढुकढुकीमा बस्न सफल भएका छन् |

आफ्नो जन्मदिनको अवसरमा गत बिहिबार युट्युव मार्फत सार्वजनिक छुटाइ गयौ किन कुन्नी….. गीतलाई ओमनाथ कडेरियाले लेखेका हुन् भने कम्पोज सन्तोषको आफ्नै रहेको छ ।

पूर्वको झापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् । उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् ।

आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ…’बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।

झापाको बनीयानी कचनकवल–६मा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाएका सन्तोष नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका छन् ।

‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएका हुँ, मान्छे जन्मेको मर्न र प्रकृतिको नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई रोजे’ भन्छन् सन्तोष ।

नेपाली गीत सङ्गीतमा वहाको सफलताले गगन चुम्नेछ भन्ने कामना सहित जन्मदिनमा सन्तोषजीलाई धेरै भन्दा धेरै शुभकामना ! नेपाल एचडीको तर्फबाट । हेर्नुहोस उक्त गीतको यो भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।