२१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरियातर्फ

काठमाडौं, ६ असार । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया प्रस्थान गर्दैछ ।

पहिले नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि रन्जन श्रेष्ठ, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ र ८७ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिलाको ४६ केजीमुनि रेजिना कार्की, ५३ केजीकुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा तथा ७३ केजीमाथि ओलम्पियन निशा रावलले प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रशिक्षकमा जे हो ली तथा व्यवस्थापकमा भानबहादुर चन्द रहेका छन् । विश्व च्याम्पियनसिपमै सहभागी टोलीले असार १८ देखि २३ गतेसम्म छुनचियोनमा हुने छुनचियोन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने छन् ।

छुनचियोनमै हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाउने कार्यक्रम छ । असार १७ मा हुने उक्त प्रतियोगितामा ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।

पुरुषको ७५ केजीमुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले सहभागिता जनाउने छन् । टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

त्यस्तै विश्व तेक्वान्दो च्याम्पियनसिपको उद्घाटनका अवसरमा अभिभावकका रुपमा तेक्वान्दो संघकी सदस्य नन्दा बस्याल तथा खेलाडीद्वय सपना नेपाली र सविन कार्की सहभागी हुँदैछन् । उनीहरु विश्व तेक्वान्दो महासंघको निमन्त्रणामा सहभागी हुन लागेका हुन् ।

सपना नेपाली तेक्वान्दो संघले असहाय बालवालिका संरक्षित विभिन्न आठ संस्थामा सञ्चालन गरिरहेको तेक्वान्दो प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी हुन् भने सविन सिन्धुपाल्चोकका भूकम्प पीडित हुन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका नव निर्वाचित प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल र तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले महानगरपालिकाकै सभाकक्षमा आज आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख महर्जनले लामो समयदेखि स्थानीय तह पदाधिकारी विहीन भएकोले खेलकुदमा स्थानिय स्तरमा उत्साहजनक प्रगति नभएको बताउदै अब खेलकर्मीले खेलकुदमा परिवर्तनको आभास गर्ने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।