‘एक सरदार सौं पे भारी’ भन्दै फेरी लाईभ आईन सिमा सुवेदी – हेर्नुहोस् भिडियो

हालै मात्र गोर्खाल्याण्डको समर्थक एक युवतीले समेत सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै नेपाल तथा नेपाली जनतामाथि चर्को आलोचना तथा मिथ्या आरोप लगाएकी छिन। ति युवती हुन् सिमा सुवेदी । उनले उक्त भिडियोमा उनले आफु भारतीय गोर्खाली भएको र उनलाई नेपाली भनेर चिनिनु लज्जास्पद लाग्ने बताएकी छिन। साथै उनले भनेकी छिन ‘ नेपालमा सायद कुनै गोरखा भन्ने जिल्ला होला। तर न त म नेपाली हुँ, न त मेरो पुस्ताले नेपाल नै देखेको छ। मलाई भारतीय गोर्खा हुनुमा गर्वछ।

तर उनले भिडियोमा यो चाहीँ खुलाइनन् कि उनलाई यदी नेपालमा गोरखा जिल्ला नै छ कि छैन भन्ने यकिन नहुनुका साथै उनका हाल सम्मका पुस्ताले नेपाल नै नदेखि गोर्खा को इतिहास बारेमा उनलाई के थाहा छ ? र उनि र उनको परिवार कसरी गोर्खाली भए ?

उनले आफुहरु (भारतिय गोर्खाली) नेपालीको कारण लज्जित हुनु परेको समेत आरोप लागाएकी उनी भन्छिन् ‘तिमीहरु(नेपाली) नै हौ जो भारत आएर संसारको भाँडा मोल्ने काम गर्दछौ तिमीहरुको कारण हामी गोर्खाली लज्जित हुन्छौ मानिसहरु सोच्छन कि हामीहरु पनि तिमिहरु जस्तै भाँडा मोल्ने नेपाली हौ।

साथै उनले समस्त नेपालीलाई अर्को चेतावनी समेत दिएकी छिन उनि भन्छिन् भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ। त्यसैले भारतिय गोर्खा तथा भारतको विरुद्द बोल्ने तिमीहरु आफ्नो मुख समालेर बस।

नेपालीबाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले अर्को स्ट्याटस लेखेर नेपाली केटा संग बिहे गर्ने बाचा गरेकी थिईन उनले भनेकी छिन मेरो विश्वास नलागे नेपाले केटा संग बिहे गरेर देखौछु अनि थाहा पौने छौ नेपाल र नेपालीलाई म कति माया गर्छु भनेर लेखे पछि पुनः तेश्रोपटक लाईभ आएकी छिन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।