मलाई र दिपाश्रीलाई फेक आइडीबाट गालीको वर्षा भयो, अब चुप लागेर बस्दिन – दिपकराज गिरी

काठमाण्डौ । राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको विवादमा मुछिएका दिपकराज गिरीले आज फेसबुक लाइभमा आएर आफ्नो धारणा राखेका छन् । दिपाश्रीको पक्ष लिएको भन्दै दर्शकहरुले तीब्र आलोचना गरेका बेला गिरीले अनावश्यक बहस गरेर कालाकारहरुलाई विवादमा ल्याइएको गुनासो गरेका छन् ।

दिपाश्रीले दर्शकमाझ माफी माग्दा पनि दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो अवस्था सृजना भएको गिरीले बताएका छन् । महिला दिदी बहिनीले सानो गल्ती गर्दा फेसबुकमा फेक आइडी बनाएर गालीको वर्षा गरेको गिरीको आरोप छ ।

नक्कली आइडी खोलेर आलोचना गर्नेहरुलाई सरकारले कारबाही गर्नुपर्नेमा गिरीले जोड दिएका छन् । प्रकाश सुवेदीले संचालन गर्ने कार्यक्रम रजपट अंकलमा दिपाश्रीले एक प्रसंगमा राजेश हमाललाई अहिले महानायक भन्न नमिल्ने तर्क गरेकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।