‘चुनाव गरे तराई कास्मिर हुन्छ’ भन्नेहरुलाई मतदाताको गतिलो जवाफ (हेर्नुस् तस्बिरहरुसहित)
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता उल्लासपूर्ण रुपमा सहभागि भए । बाह्य शक्तिबाट परिचालित केही दलका नेताको ‘असन्तुष्टि’लाई देखाएर बैशाख ३१ गते एकै चरणमा हुने निर्वाचनलाई सरकारले नै तीन चरणमा बाँडेको थियो । चार पटक सार्दै मध्य वर्षामा भएको स्थानीय चुनावमा ज्येष्ठ नागरिकदेखि खेतीको ब्यस्त सिजनका किसानले पनि उत्साहपूर्ण मतदान गरे ।
चुनाव गरे नेपालको तरारई क्षेत्र कास्मिर जस्तै हुने भविश्यवाणी गर्दै आएका ‘बौद्धिक’ ब्यक्तित्वहरुलाई तराई मधेसमा मतदाताको उल्लासपूर्ण सहभागिता ब्यवहारिक जवाफ बन्न पुग्यो । अज्ञात समुहले बमको बिस्कुन लगाउँदा पनि त्यसको परवाह नगरी मतदाता आफ्ना प्रतिनिधि चुन्न उतहित देखिन्थे । बाह्य शक्तिको वार्गेनिङ कायमै राख्न असोज २ गते तेस्रो चरणका लागि पुर्याईएको प्रदेश नम्बर २ का जनता भने यतिवेला आक्रोशित छन् । त्यहाँका जनताले चुनाव चाहे पनि बाह्य शक्तिबाट चल्ने दल र उसैको इसारामा चल्ने सरकारले चुनाव सार्दै आएको छ । उनीहरुको एउटै तर्क थियो– तराई मधेसमा चुनाव गरे नेपालको तराई कास्मिरजस्तो विवादित क्षेत्र बन्छ । कास्मिर बन्ने त्रास देखाएरै तराईलाई अलग शासनको क्षेत्र देखाउन खोज्ने सरकार, चुनाव बहिस्कार गरेको राजपा र चुनाव भए तराई कास्मिर हुने अविश्यवाणी गर्दै आएका ‘बुद्धिजीवी’लाई चुनावमा तराई मधेसका मतदाताको उल्लासपूर्ण सहभागिता गतिलो जवाफ बन्न पुगेको छ ।


धनकुटामा झरी संगै उत्साहपूर्वक मतदान जारी – थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्


सॉंसद सुनिल बहादुर थापा आफ्नो गृह जिल्ला धनकुटाको मुगामा मतदान गर्दै । – थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् –

बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविको मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि पालो कुर्दै मतदाता

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविको मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्र ‘ख’ मा स्ट्रेचरमा बिरामीलाई मतदान गर्न ल्याइँदै ।

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्र ‘ख’ मा स्ट्रेचरमा बिरामीलाई मतदान गर्न ल्याइँदै ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ इलाम नगरपालिका–७ स्थित बालमन्दिर आधारभूत विद्यालयको मतदान केन्द्रबाट बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै ।

डडेल्धुराको अजयमेरु गाउँपालिका १ स्थित बालकल्याण मावि पुईलेक मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै मतदाता ।

रुकुमको सिस्ने गाउँपालिका– ५ रुकुमेनी मतदान केन्द्रमा बुधबार बिहान मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु । यहाँ उत्साहका साथ मतदान भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानका लागि पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै ।

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्रबाट बुधबार बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै ९० वर्षीय नरबहादुर नेपाली ।

इटहरीस्थित मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।

आफ्नो पिताको शोकमा रहेका इटहरी ९ का राजेन्द्र कट्टेल ९१ वर्षीया आमा टङ्ककुमार कट्टेलको साथमा बुधबार स्थानीय तहको मतदान गर्ने क्रममा ।

रोल्पा नगरपालिका ७ स्थित बाल उदय मावि मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै सभामुख ओनसरी घर्ती ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ कृष्णपुरस्थित कृष्ण मावि मतदानस्थलमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न बुधबार लाइन लागेका मतदाताहरु ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–२ शारदा मावि बैया बेहडी, मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता ।


