जनमोर्चाले खोल्यो खाता, प्यूठानको मल्लरानीमा विजयी

प्यूठान, असार १६ । प्यूठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । मल्लरानीमा जनमोर्चाका अध्यक्ष उम्मेदवार अमरध्वज राना र उपाध्यक्षमा सरीता जिसी विजयी हुनुभएको हो । रानाले २ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका इमानसिंह भारतीले एक हजार ६ सय ८७ मत प्राप्त गर्नुभयो । यस्तै मल्लारानीको उपाध्यक्षमा जनमोर्चाकै सरीता जिसीले २ हजार ३ सय ९४ मत ल्याउनुभएको छ ।

उहाँका प्रतिद्धन्दी सरिता पोख्रेलले एक ७ सय ८६ मत ल्याउनुभयो । पाँच वटा वडा रहेको गाउँपालिकामा जनमोर्चाले ३ वटा वडामा विजयी भएको छ । मत परिणाम अनुसार १ मा चिन्त बहादुर राहु, २ मा लेख बहादुर थापा र ३ नं. वडामा गिरिराज पौडेल विजयी हुनुभएको छ । नेपाली कांग्रेस वडा नम्बर ४ र नेकपा एमालेले वडा नम्बरमा विजयी हुनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।