जन्मदिन मनाएर फर्कंदै गरेका स्ववियु सदस्य पोखरेलको दुर्घटनामा मृत्यु

विराटनगर । जन्मदिन मनाएर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको मृत्यु भएको छ।

बुधबार मध्यराति करिब १२ बजे विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योगनजिक मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय पोखरेलको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई बेहोस अवस्थामा उपचारका लागि विराट नर्सिङ होम पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विराटनगर महानगरपालिका–१ निवासी पोखरेल जन्मदिन मनाएर घर फर्कने क्रममा दुर्घटनामा परेको बताइएको छ।

उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुनुका साथै जिपी कोइराला फाउन्डेसन मोरङको युवा कार्यदलका अध्यक्षसमेत रहिसकेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖