त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

धादिङ (चरौँदी), १७ असार । प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले आज धादिङमा आयोजित कार्यक्रममा रु एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा चार÷चार जनाको आठ नेपाली टोली र मित्रराष्ट्र बङ्गलादेश, बेलायत, अमेरिकालगायत १२ टोलीको सहभागीता थियो ।

प्रतियोगितामा रनिङ, साइक्लिङ र ¥याफ्टिङ खेल समावेश गरिएको थियो । प्रथम चरणमा ६ दशमलब ७ किमी रनिङ, दोस्रो चरणमा २६ किमी साइक्लिङ र तेस्रो चरणमा ११ किमी ¥याफ्टिङ गरी जम्मा ४३ दशमलब ७ किमी दूरी रहेको थियो ।

प्रथम भएको त्रिभुवन आर्मी क्लब समूह ‘ए’ ले उक्त दूरी २ घण्टा १८ मिनेट ०१ सेकेण्डमा पूरा गर्न सफल भएको थियो ।

विश्व खेल जगतमा दिन प्रतिदिन नयाँ नयाँ साहसिक एवं रोमाञ्चक खेलप्रति खेल प्रेमीहरुको आकर्षण बढ्दै गएको हालको परिप्रेक्ष्यमा नेपालको विविधताले भरिपूर्ण भू–धरातलको अधिकतम उपयोग गरी विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरु सञ्चालन गर्ने क्रममा नेपाली सेनाले धादिङको बैरेनीदेखि चरौंदीसम्म यो प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको दुई समूह, सशस्त्र प्रहरी बलको एक समूह र गैरसैनिक क्लबहरुका चार पुरुष टिम एवम् एक महिला टिम गरी जम्मा स्वदेशी आठ टिम सहभागी थिए ।

प्रतियोगितामा कामु प्रधानसेनापति महतले द्वितीय हुने समूह काठमाडौँ बाईक स्टेशनलाई रु एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

यसैगरी, तृतीय हुने समूह नेपाली सेनाको त्रिभुबन आर्मी क्लब टिम ‘बी’ लाई बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा पहिलोपटक सहभागी भएको महिला टिम द हिमालयन गल्र्सका खेलाडीहरुलाई समेत उहाँले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, स्थानीय निकायका पदाधिकारीहरुलगायत अन्य सुरक्षा निकायका प्रतिनिधि, साइक्लिङ र ¥याफ्टिङ सङ्घका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।