चुरे गाउँपालिकामा एमाले विजयी

धनगढी, १७ असार । कैलालीको पहाडी क्षेत्रको चुरे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का प्रत्यासी विजयी हुनुभएको छ ।

एमालेका धनबहादुर रोक्कामगर दुई हजार ५६१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको निर्वाचन अधिकृत कृष्णबहादुर बोहराले बताउनुभयो ।

विजयी रोक्कामगरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका टीकाराम ढुङ्गानाले दुई हजार ३६६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै दीपा साउदले दुई हजार ६११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिनिधि काँग्रेसका धना थापामगरले दुई हजार ३७६ मत प्राप्त गर्नुभएको छ ।

यसअघि, आजै कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत र उपाध्यक्षमा काँग्रेसकै गीता कठरिया तीन हजार ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

कैलालीका १३ स्थानीय तहमध्ये १२ तहको निर्वाचनको मतगणना जारी रहेको छ ।

यता ७ नं प्रदेशको एकमात्र उपमहानगर धनगढीको पछिल्लो मत परिणामअनुसार काँग्रेसका प्रमुखका प्रत्यासी नृप ओडले दुई हजार ६६१ मत र उपप्रमुखमा सुशीला मिश्र भट्टले दुई हजार ९५५ले अग्रता लिइरहनुभएको छ । प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दुई हजार १२६ मतले पछ्याइरहनुभएको छ । प्रमुखमा एमालेका दुर्गा जोशीले दुई हजार पाँच मत ल्याउनुभएको छ । उप्रमुखमा एमालेकी रुक्मिणी देवकोटाले दुई हजार ५२१ मत प्राप्त गर्नुभएको छ ।

शनिबार साँझसम्मको मतगणनामा कैलालीको धनगढी उपमहानगर, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकामा काँग्रेसले, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एमाले, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले र गौरीगङ्गा नगरपालिका, मोहन्याल गापा र घोडाघोडी नपामा माओवादी केन्द्रले अग्रता लिएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।