ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा नेकपा एमाले विजयी
ओखलढुंगा, १८ असार । ओखलढुंगाको एक मात्र नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ मेयरमा विजयी भएका हुन् ।

नेपाली काँग्रेसका डील्ली खनाललाई १२६ मत अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ४ हजार ७ सय ३९ मत ल्याएका छन् । उनका निकतम् प्रतिद्धन्दी खनालले ४ हजार ६ सय १६ मत ल्याए ।
उपमेयर पनि एमालेकै इच्छाकुमारी गुरुङ विजयी भएकी चिन् । उनले ४ हजार ८ सय ३६ मत ल्याएकी छिन् । कांग्रेसकी हेमालक्षी राईले ४ हजार ४ सय ५७ मत ल्याइन् ।
एमालेकी गुरुगं ३ सय ७९ मत अनतरले विजयी भइन् । उनी शिक्षकबाट राजीनामा गरेर राजनीतिमा होमिएकी हुन् । श्रेष्ठ लामो समयदेखि रेडक्रसमा रहेर सामाजिक सेवा गर्दै आएका थिए ।


