मन्त्री शाहलाई ५० किलोको माला ! कस्ले लगाईदियो ?
रौतहट, १८ असार । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएर पहिलो पटक संसदीय निर्वाचन क्षेत्र नम्बर पाँच अन्तरगत कटहरियामा आएका मन्त्री प्रभु साहलाई स्थानीयले ५० किलोको माला लगाएर अभिनन्दन गरेका छन् ।

कटहरियाका स्थानीय ब्यापारीहरुले मन्त्री साहलाई ५० किलोको माला लगाएका हुन् । ब्यापारीहरुले मन्त्री साहलाई कटहरियालाई स्मार्ट सिटि बनाउन समेत आग्रह गरेका थिए ।
स्थानीयस्तरमा उत्पादन भई देशमै ख्याती कमाउन सफल कटियाको मासुु अर्थात माटोको भाँडोमा पकाइने मासुुको शुरुआत गर्ने कामेश्वर साह, फलामको चक्कु बनाउने मिस्त्री दमोदर ठाकुर, बौधिमाताको मन्दिर निर्माता नन्दकिशोर साह, बाँसको डेली निर्माण गर्ने प्रभु महरा चमारलाई प्रशंसा पत्रबाट मन्त्री साहले सम्मानित गरेका थिए ।


