यसकारण धरानमा विहानदेखि मत गणना स्थगित
धरान । अहिले धरानमा मतगणना रोकिएको छ । नेपाली काँग्रेसले अन्य दलको प्रतिनिधि धेरै भएको भन्दै विरोध जनाएपछि विहानदेखि नै धरानमा मतगणना रोकिएका हो ।

अहिले धरान ८ सभागृहमा रहेको निर्वाचन कार्यालयमा यस विषयमा छलफल गर्न सर्वदलीय वैठक बसिरहेको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो ।
छलफल जारी रहेकाले विहान २ घण्टादेखि नै मतगणना स्थगित भएकोहो । अझै दुई तीन घण्टापछिमात्र मत गणना हुने संकेत देखिएको छ ।


