पार्टीभित्रको चरम गुटबन्दीले निर्वाचनमा अन्तरर्घात भयो सुधार नगरे प्रादेशिक चुनावमा बढारिन्छौं : कांग्रेस नेता केसी (भिडियो सहित)
काठमाण्डौ, १९ असार । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको आन्तरीक ब्यवस्थापनको कमीका कारण स्थानिय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताएका छन् ।
पार्टी भित्र चरम गुटबन्दी भएका कारण स्थानिय तहसम्म त्यसको प्रभाव परेकाले निर्वाचनमा अन्र्तघात भएको बताएका छन् । रिपोर्टस क्लबमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै नेता केसीले पार्टीले त्यसको गम्भिर ढंगले समिक्षा गनुपर्ने बताएका छन् । उनले पार्टीको मुल्य मान्यता भन्दा पनि तेरो र मेरो मान्छे भन्ने तिर लाग्ने हो भने पार्टीले अझै ठुलो चुनौतीको सामना गर्नुपर्ने बताए । उनले पार्टी नीतिसंगत ढंगले चल्न नसकेको भन्दै पार्टी सभापति संग आफुले त्यस बिषयमा छलफल गरेको जानकारी दिए । “पार्टी सभापतिको हैसीयतले प्रधानमन्त्री समेत रहनुभएका शेरवहादुर देउवा गम्भिर हुनुपर्छ, उनले भने, निर्वाचनमा अन्तरर्घात गर्नेलाई कारवाही गर्नुपर्छ ।” उनले आफ्नो पक्षका नेता कार्यकर्ता अन्तरर्घातमा लागेको भएपनि त्यसको पक्षपोषण नगर्ने बताएका छन् । नेता केसीले त्यसको लागि प्रत्येक निर्वाचन क्षेत्रमा छानविन समिति गठन गरेर निर्वाचनका समयमा भएका गतिविधिको अध्ययन गर्नुपर्ने सुझाव दिएका छन् । “आन्तरीक रुपमा त्यसको छानविन हुनुपर्छ, नेता केसीले भने, “निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्नुपर्छ । ”
उनले निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसके पनि आफ्नो पार्टीको नीति र सिद्यान्त स्थिापित गर्ने कुरामा भने सफल भएको बताएका छन् । अब हुने प्रादेशिक निर्वाचनका लागि गम्भिर ढंगले तयारी गनुपर्ने उनको सुझाव छ । नेता केसीले प्रतिपक्षवाट सहमतिको संकेत पाएर मात्र संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको दावी गरेका छन् । उनले आफ्नो पार्टी संविधान संसोधन गराउने पक्षमा केन्द्रित हुने बताएका छन् । “ हाम्रो पार्टीले चाहेर मात्र हुदैन , संसोधन प्रस्ताव पारीत हुन दुई तिहाई आवश्यक पर्छ उनले भने यो विषय संसदको विशेषाधिकार क्षेत्र भित्र पर्ने भएकाले मधेसवादी दलहरुले सो कुरालाई बुझ्नुपर्छ ।”


