इलामको माई नगरपालिकामा एमाले विजयी

इलाम, १९ असार । माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा एमालेका दीपककुमार थेबे छ हजार ७७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकुमार कार्कीले चार हजार ५२६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य पाँच हजार ८९६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्द्रमाया लिम्बूले चार हजार ६८३ मत प्राप्त गर्नुभयो ।

यसैबीच, इलामका १० स्थानीय निकायमध्ये इलाम, देउमाई नगरपालिका, सन्दकपुर, माई जोगमाई, चुलाचुली गाउँपालिका प्रमुख तथा उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । सूर्याेदय नगरपालिकामा भने अझै परिणाम आउन सकेको छैन । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।