झापाको कन्काई नगरपालिकाको प्रमुखमा एमालेका पोख्रेल विजयी

दमक, असार १९ । झापाको कन्काई नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्र पोखरेल विजयी भएका छन्।

उनले आठ हजार ४१६ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज उप्रेतीले छ हजार १९७ मत प्राप्त गरे। नगरको उपप्रमुखमा एमालेकै मञ्जु प्रसाईं विजय भइन्।

उनले आठ हजार ५७६ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कविता बस्नेतले छ हजार ५७९ मत प्राप्त गरिन्। अन्य वडाहरूमा भने मिश्रित परिणाम आएको छ। एमालेले वडा नम्बर १, २, ४, ५, ७ र ८ मा वडा अध्यक्षमा जीत हात पारेको छ। यस्तै कांग्रेसले ३, ६ र ९ वडामा वडा अध्यक्षमा विजयी भएको छ।

वडा नम्बर १ मा एमालेका रोशन पोखरेलको प्यानल नै विजयी भएको छ। २ नम्बर वडामा पर्शु गिरीको प्यानल नै विजयी भएको छ भने ३ नम्बर वडामा नेपाली कांग्रेसका रुद्र चिमरिया विजयी भएका छन्। यस्तै, वडा नम्बर ४ मा एमालेका गोविन्द पौडेलको प्यानल नै विजयी भएको छ। वडा नम्बर ५ को वडा अध्यक्षमा एमालेका कृष्ण राईको प्यानल नै विजयी भएको छ भने वडा नम्बर ६ मा कांग्रेसका लक्ष्मीप्रसाद ओलीको प्यानल नै विजयी भएको छ।

वडा नम्बर ७ मा एमालेका लीला कन्दङ्वाको प्यानल विजयी भएको छ। यसैगरी वडा नम्बर ८ मा एमालेको प्रेमप्रसाद कटुवालको प्यानल नै विजय भएको छ। वडा नम्बर ९ मा नेपाली कांग्रेसका प्रेम राजवंशी विजयी भएका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।