इटहरीमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, यस्तो छ पछिल्लो अपडेट…
काठमाडौं, १९ असार । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार इटहरीमा एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।
यता घोराही उपमहानरगपालिकामा भने एमाले पाँच हजार मतको फराकिलो अन्तरले विजय नजिक पुगेको छ । कांग्रेसको गढ मानिने घोराहीमा एमाले उम्मेदवार नरुलाल चौधरी मेयरमा निर्वाचित हुने पक्का पक्की भएको हो । उपमेयरमा पनि एमालेकै सीता न्यौपाने पक्का भएकी छन ।
इटहरी उपमहानगरपालिकाको ताजा मतपरिणाम:
नेकपा एमाले
मेयर- १०२३६
उपमेयर- ९९६०
नेपाली कांग्रेस
मेयर- ९३७०
उपमेयर- ९१०३


