धरानमा रोकिएको मतगणनाका लागि बिहान ७ बजे बैठक

धरान, २० असार । धरान उप–महानगरपालिकामा रोकिएको मतगणना बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मात्र सुरु हुने भएको छ। प्रमुख निर्वाचन अधिकृत जयप्रसाद महतले सेतोपाटीलाई दिएको जानकारी अनुसार सबै दलहरुबीच मंगलबार बिहान बसेर विवाद टुँग्याउने विषयमा सहमति बनेको छ। ‘बिहान ७ बजे बैठक बसेपछि मात्र थाहा हुन्छ, कतिबेलादेखि मतगणना गर्ने भनेर,’ उनले भने।

मत गणनामा खटिएका कर्मचारीले मत गणनापछिको नतिजा राम्रोसँग राख्न नसकेपछि सोमबार राती १० बजे विवाद उब्जिएको थियो। मत गणनाको नतिजा फारममा सार्ने क्रममा गल्ती भएपछि माओवादी केन्द्रका कार्यकर्ताहरुले विरोध गर्दै तत्कालै मतगणना रोक्न माग राखेका थिए।

माओवादीले निर्वाचन अधिकारीकै मिलेमतोमा नेकपा एमालेलाई जिताउन खोजिएको भन्दै यसको विरोध गरेको थियो। मतगणना रोकिदा एमाले ७ हजार ८२ मत प्राप्त गर्दै अग्रस्थानमा छ। नेपाली कांग्रेसको ५ हजार ८ सय ८२ मत छ भने माओवादीले ३ हजार ४ सय ३५ मत प्राप्त गरेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।