“रत्नपार्कमा जापानी रेल हेर्ने नेपालीको घुइचो” (भिडियो सहित)
यस बर्षको हरितालिका तिज लागि लक्षित गर्दै नव सर्जक दिनेश सापकोटाले पनि आफ्नो नयाँ कोशेली (पहिलो प्रस्तुति) ‘जापानी रेल’ नामक तीज गीत भर्खरै मात्रै सार्बजनिक गरेका छ्न् । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु र देबी घर्तीले आवाज भरेको यस गीतमा दिनेश सापकोटाले शव्द सिर्जना गरेका हुन भने प्रेम सापकोटाले लय भरेका छ्न । गुरुआमा फिल्मसको ब्यानरमा जापानी रेलको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन ,सुजन शाहीको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार गरियको हो ।


