जस्को नाममा पीण्ड लडाए उसैलाई देख्दा लल्याक-लुलुक्क भएपछि…हेर्नुहोस् हर्के हल्दार
कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ९ बजे प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘हर्के हल्दार’ मा अभिनेता विष्णु सापकोटा लाहुरे तथा हर्केको दोहोरो भूमिका निभाएका छन् । यस्तै, आशा खड्काले पनि आशा तथा सुकमायाको दोहोरो चरित्र निर्वाह गरेकी छिन् । हर्के हल्दारमा रोशनी सापकोटाले बाटुली, सरु दाहालले देउतीको भूमिका खेलेका छन् । यस्तै, उत्तम कोदे, शिवहरि बैरागी नेपाल, इन्द्रदोङ लामा, आरती हाल्मो, दीपिका भट्ट, सूरवीर पण्डित, राजकुमार देवकोटा लगायतले पनि अभिनय गरेका छन् । बाटुलीको नाममा पीण्ड लडाएका लाहुरेबा बाटुलीलाई देख्दा यसरी लल्याक-लुलुक्क भएपछि…हेर्नुहोस् हर्के हल्दार


