पहिलो बैठकमै सामाजिक सुरक्षा भत्ता टोलटोलबाट वितरण गर्ने निर्णय

दाङ, २२ असार । घोराही उपमहानगरपालिकाको पहिलो बोर्ड बैठकले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्ने निर्णय गरेको छ ।

बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै भएको पदभारग्रहण र त्यसपछि बसेको बैठकले सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्णरुपमा बैंकिङ प्रणालीमा रुपान्तरण गरी घुम्ती प्रणालीबाट टोलटोलमा वितरण गर्नेसहितका पाँचवटा निर्णय भएको छ ।

त्यसैगरी सबै वर्गका फरक क्षमता भएका व्यक्तिको लगत अध्यावधिक गरी सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित भएका व्यक्तिको पहिचान गरी नगरपालिकाको आन्तरिक स्रोतबाट सम्बोधन गर्ने र नगर स्वास्थ्य कार्यक्रममार्फत ८४ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा टोलटोलमा पु¥याउने नगर बोर्ड बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, १९ वटा वडाबाट प्रवाह गरिने सेवा सुविधालाई छिटो छरितो र जनमैत्री बनाउन वडा कार्यालय सञ्चालन हुन बाँकी रहेका वडा १, ३, ८, ११, १३, १५, १६, १७ र १८ मा साउन १० गतेभित्र कार्यालय स्थापना गर्न वडा अध्यक्षले आवश्यक छलफल गरी वडाको केन्द्र तोक्ने प्रस्ताव पेस गर्ने निर्णय भएको छ ।

साथै आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको आवश्यक तयारी गर्न र राजस्व परामर्श समिति, स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई आवश्यक सहयोग पु¥याउन कार्यकारी अधिकृत संयोजक रहेको एक कार्यदलसमेत गठन गरिएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मतदातालाई धन्यवाद दिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।