चालु व्यबस्थापिका संसदको म्याद थप्ने सपना नदेख्न देउवा र प्रचण्डलाई ओलीको चेतावनी

विराटनगर, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु व्यबस्थापिका संसदको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्ता कुरामा नअल्झि आगामी माघ–७ गते भित्र वाँकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताएका हुन ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मुलुकको हितविपरित आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने बताए ।

प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जवरजस्ती ल्याएको संसोधन प्रस्ताव एमालेलाई स्वीकार्य नहुने बताए ।उनले संविधान संशोधन प्रस्ताव र्फिता लिएर दलहरुबीच छलफल गरेर मात्र सहमतिमा प्रस्ताव ल्याउनुपर्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।