महिला तथा बालबालिका कार्यालयको बार्षिक समिक्षा; चालु आवमा १२ लाख ७५ हजार खर्च
धनकुटा खबर, असार २६ । महिला तथा बालबालिका कार्यलय धनकुटाले बर्षभरी गरेको कामको समिक्षा गरेको छ ।
कार्यालयले आफ्नो मातहतमा गठन भएका महिला समुह र कार्यालय संग सहकार्य गरिरहेका जिल्लाका गैर सरकारी संस्थाहरुले गरेको कामको बिषमा समिक्षा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रतिको अध्यक्षतामा सम्पन्न उक्त समिक्षा कार्यक्रममा जिल्लाका एक दर्जन समुह तथा संस्थाहरुले महिलाको क्षेत्रमा भएको कार्यक्रमको प्रगती बिवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा यस बर्ष कार्यालयमा १४ वटा, महिला पुनःस्थापना केन्द्र धनकुटामा ५३ वटा, जिल्ला अदालतमा ९३ वटा सम्बन्ध बिच्छेद सहित १ सय ३६ वटा महिला हिंसाका घटनाहरु दर्ता भएको जानकारी दिईएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महिला तथा बालबालिका अधिकृत मन्जु लोहनीले हाल धनकुटामा अधिकांश पारिवारीक हिंसाका घटनाहरु देखा परेको जानकारी दिनुभयो ।
चालु आर्थिक बर्ष ०७३÷०७४ मा कार्यालयले महिला तथा बालबालिकाको क्षेत्रमा बिनियोजित कुल १३ लाख ८५ हजार मध्ये १२ लाख ७५ हजार खर्च गरिएको जानकारी दिएको छ ।


