बढ्यो दक्षिण कोरियाका कामदारको ज्यालादर, अब कति पाउँछन् मासिक तलब ?

सोल । दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि कामदारको न्यूनतम ज्यालामा वृद्धी गरेको छ।

न्युनतम ज्याला निर्धारण समितिका का २७ सदस्यका बीच ११ औँ बैठकमा मतदान मार्र्फत साबिक ज्याला ६,४७० वोनको १६.४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरी बाट लागु हुनेगरि बृद्धि गरेको हो ।

कोरियामा मजदुर पक्षले सरकारसँग न्युनतम ज्यालाका बिषयमा १०,००० वन माग गरि बैठकमा दवाव दिनु र कम्पनी व्यबस्थापनले मजदुरको माग बमोजिम ज्याला बढाउन नसकिने अडान राख्दै आएको थियो। तर सन् २०१८ को ज्याला वृद्धी सम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्ने व्यवस्था भएकाले मजदुर पक्ष, कम्पनि व्यवस्थापन पक्ष र सरकारका प्रतिनिधि सहित २७ सदस्यका सहितको सहभागितामा भएको छलफलका आधारमा नयाँ ज्यालादर निर्धारण गरिएको कोरियन समाचारले जनाएको छ।

तोकिएको तलब अनुसार अब मजदुरले प्रति महिना २०९ घण्टा सहित १५,७३,७७० वोन(४ १३८७.७६) मासिक ज्यालादर प्राप्त गर्ने गर्दछन्। यो ज्यालादर अतिरित्त काम बाहेकको हो। तर कृषी तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागु नभै कार्य समयलाई प्रतिघण्टा ज्यालादरमा लागु गरिने छ ।

यसैगरी राष्ट्रपति मुन जे ईन ले आफनो राष्ट्रपतिको पाँच बर्षे कार्यकाल सन् २०२२ सम्ममा मजदुरको प्रतिघण्टा ज्यालालाई १०,००० वोन अर्थात ४८.८१ पुर्याउने प्रतिबद्धता जनाएका छन्। – अर्जुन बराल / डिसी नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।