एघार वर्षीया बालिका गर्भवती भएपछि गाउँनिकाला, बालिकाको विजोग

भोजपुर, १ साउन । भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ । बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए ।

बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो । बालिका अहिले धरानमा वेवारिसे अवस्थामा रहेको उनले बताए । संगै गएको केटाको अत्तोपत्तो छैन । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे ।’ कमजोर आर्थिक स्थिति भएका खगेन्द्र भारतमा मजदुरी गर्ने गरेको बताए । अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक देखायो ।’ अहिले पनि हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’, उनले भने ‘छोरीको विजोग भयो कहिले कसको नम्बर बाट कहिले कस्को नम्बर बाट फोन गर्छे कहाँ बस्छे टुंगो छैन् ।’ स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन्।

बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन । भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएपछि केटी पक्ष निरास बनेको थियो । प्रहरी चौकी याकुमा गए पनि सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भएअनुसार विवाह गरिदिएको बताए । महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । – एक्सन राई / नागरिकन्यूज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖