निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले नेपालका नयाँ डाक्टरहरूबारे गरे सनसनीपूर्ण खुलासा !
काठमाडौं, १ साउन । निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछि पास गराईदिन फोन आएको खुलासा गरे । थापाका अनुसार उनलाई त्यसरी भनसुन गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो ।
थापाकै भनाईमा उनले डाक्टर जस्तो संवेदनशील पेसा अपनाउने पेसाकर्मीलाई भनसुन काउन्सिन्लका अधिकारीसम्मै पुगाउँछन् । नागरिक दैनिकले समाचार छापेको छ ।
काउान्सिलका अधिकारीका अनुसार दर्जनौं नेता र उच्च पदस्थहरू चिनेजानेकाका लागि भनसुन आफन्ताका लागि त सकेसम्म चलखेल नै गर्नसमेत तम्सिएका थुप्रै उदहारण छन् ।
‘जति धेरैपटक फेल भएको विद्यार्थी हो उसले त्यति नै बढी दबाब र भनसुन बढाउँदै लान्छ, काउन्सिलका पुर्वउपाध्यक्ष डा। शशि शर्माले भने, ‘ज्यान मार्ने धम्की आउँछ, अदालतमा मुद्दा हालिदिने चेतावनी पनि धेरै आउँछन् ।’


