सिंगापुरलाई ४ विकेटले हराउँदै नेपाली टोली विजयी !

काठमाडौं, २ साउन । आइसीसी १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुरसँगको खेलमा नेपाल ४ विजकेटले विजयी भएको छ। सिंगापुरले दिएको ७४ रनको लक्ष्य १७।३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । १९५ बल बाँकी रहँदै नेपालले लक्ष्य भेटाएको हो।

यसअघि टस हारेर ब्याङिको निम्तो पाएको सिंगापुरले २९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७३ रन बनाएको थियो । ७४ रनको झिनो लक्ष्य पाएपनि नेपालले जीतका लागि भने संघर्ष गर्नुपर्यो । ओपनर सन्दिप सुनार १ र आसिफ शेख ४ रनमै आउट भए । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले सम्हालिँदै २३ रनको योगफल बनाएपछि नेपाली टोलीका लागि जीत हासिल गर्न केही सहज भयो ।

नेपालका लागि अनिल शाहले १९ रन बनाए भने रोहित कुमार पौडेल ११ रन बनाएर आउट भए । बढी आश गरिएका दिपेन्द्र सिंह ऐरी २ रनमै आउट भए भने प्रकाश केसीले पनि ६ रन मात्रै बनाउन सके ।

यसअघि सिंगापुरका लागि ब्रिगु आयर सर्वाधिक ४२ रन बनाएका थिए । त्यस्तै सिन अग्रवाल ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् । बलिङमा नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । यस्तै शाहब आलमले २ किशोर महतोले २ विकेट लिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖