महिलामाथि कांग्रेसका नेताको सांघातिक आक्रमण, महिला गम्भीर घाइते, यसरी भयो आक्रमण

गोरखा, साउन २ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–३ फुजेल निवासी जिरादेवी दहालमाथि कांग्रेसका स्थानीय नेताले सांघातिक आक्रमण गरेका छन् । स्थानीय कांग्रेस नेता समेत रहेका तुलाराम दाहालले छिमेकी महिलालाई आक्रमण गरेर गम्भिर घाइते बनाएका हुन् । आक्रमणमा परि दाहालको टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय स्वास्थ चौकीमा उपचार नभएपछि घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा १० टाँका लगाइएको छ ।

यसरी भयो आक्रमण
जिरादेवी र तुलारामबीच खानेपानीका विषयमा भएको सामान्य भनाभनपछि विवाद बढ्दै जाँदा झगडा र हात हालाहाल भएको हो । खानेपानीका विषयमा सामान्य भनाभन बढदै गएपछि ठुलो रुप लिएको स्थानीय राजन पन्त बताउँछन् । उनका अनुसार विवाद चर्कदै गएपछि तुलारामले जीरादेवीलाई काठको मुढा टिपेर प्रहार गरेका थिए । महिलामाथि आक्रमण भएको खवरपछि फुजेलका स्थानीय त्रसित बनेका छन् । स्थानीयबासि भन्छन् ‘महिलालाई यसरी दिउँसै कुट्नेले कसैलाई बाँकी राख्दैनन ।’ आक्रमण गर्ने दाहाल नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । उनी पहिला पनि फुजेलमा विभिन्न काण्डमा मुछिदै आएका स्थानीयले बताएका छन् ।

भाग्दाभाग्दै तुलाराम पक्राउ
घटना भएको केही घण्टापछि प्रहरी उनको घरमा पुग्यो । घरमा पुगेपनि त्यो दिन उनलाई प्रहरीले भेटेन । तर, भागेर काठमाण्डौ आउने क्रममा रहेका दाहाललाई भोलीपल्ट बेनिघाट प्रहरिले पक्राउ गरेको छ । हाल उनी बेनीघाट प्रहरीको हिरासतमा छन् ।

बेनिघाट प्रहरी चौकीका हवल्दार दीपक पौडेलका अनुसार तुलाराम बेनिघाटबाट प्रक्राउ परेका हुन् । उनले प्रयोग गरेको बा ६७ प ५७४४ नम्वरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ । दाहाललाई जिल्ला प्रहरी कार्यलय गोरखा पठाइएको उनले बताए । – रातोपाटिबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।