हेर्नुहोस् राजमार्गको हरी बिजोग ! : तिब्बतसँगै जोडिने राजमार्गको यस्तो बेहाल (भिडियो सहित)

बझाङ्, २ साउन । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक माध्यम जयपृथ्वी राजमार्ग अवरुद्ध भएको आज ९ दिन पुगिसक्यो । यद्यपि तत्काल राजमार्ग खुल्ने कुनै छाँटकाँट देखिदैन ।

गत हप्ताको आइतबार साँझ तमैलको माल्लापड भन्ने ठाउँमा पहिरोले सडक बगाएपछि यो सडक बन्द भएको हो । यसबाहेक मटेलाको बगडगाँउ, तमैलको जालेबगर, भैरबनाथको सेकु, रायलको देउरा, नारुगाड र बाँझको बागथलालगायत ठाउँमा पनि दैनिकजसो सडक अवरुद्ध हुने र खुल्ने क्रम चलिरहेको छ । कतिपय स्थानमा पैदल हिड्दा पनि जोखिम हुने गरी सडक बिग्रेको छ ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा जिल्लामा औषधी, खाद्यान्न, तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ । जिल्लामा उपचार सम्भव नभएर बाहिर रिफर गरिएका बिरामीहरुले समयमा नै यातायातको साधन नपाउँदा ज्यानको जोखिम मोल्नु पर्ने अवस्था छ ।

बाटो बन्द भएको बहानामा व्यापारीहरुले प्रत्येक सामानको मूल्य अप्रत्यासित बृद्धि गरेका छन् । असार २५ गतेसम्म प्रतिकिलो १ सय पर्ने आँपको मूल्य बृद्धि भएर एकै हप्तामा २ सय पुगेको छ । यो मुल्यबृद्धीको सानो उदाहरण मात्र हो । औषधी, दाल, चामल, तेल, तरकारी, मासु आदी सबैको मूल्यमा अस्वभाविक बृद्धि भएको छ ।

बझाङदेखि ८ घण्टाको गाडीको यात्रामा सजिलै धनगढीसम्म पुग्न सकिन्थ्यो तर अहिले सडक बिग्रिएका कारण तीन दिनसम्म लाग्ने यातायात व्यवसायी बताउँछन् । यो बीचमा यात्रुले पाउने सास्तीको बयान गरी साध्य छैन् ।

ठाउँठाउँमा भएको सडक अवरोधलाई पैदल हिडेर छिचोल्दै र गाडी परिर्वतन गर्दै धनगढी पुगेका जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेसकुमार केसी भन्छन । ‘४ वटा गाडी परिवर्तन गरी बल्ल धनगढी पुगियो । धेरै ठाउँमा हिड्नु पर्छ । सामानहरु धेरै भएका, बिरामी र बृद्ध यात्रुको बेजोग छ’, बाटोमा खाना, पानीको पनि समस्या हुने गरेको बताउँदै उनले विभिन्न ठाउँमा भएको अवरोध पन्छाएपछि आफू चढेको पहिलो गाडी तीन दिनपछि मात्र धनगढी पुग्न सक्ने उनले बताए ।

चीनको तिब्बतसँग जोडिदै गरेको यो सडक अन्र्तराष्ट्रिय राजमार्ग पनि हो । सडकको हालत र यात्रुले पाउने दुख हेर्दा यसलाई राजमार्ग भन्न पनि लाज लाग्ने गरेको धेरै यात्रुको प्रतिक्रिया छ ।

चीनको तिब्बतसँग जोडिदै गरेको यो सडक अन्र्तराष्ट्रिय राजमार्ग पनि हो । सडकको हालत र यात्रुले पाउने दुख हेर्दा यसलाई राजमार्ग भन्न पनि लाज लाग्ने गरेको धेरै यात्रुको प्रतिक्रिया छ ।

– कान्तिपुर दैनिकबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।