एमालेकै पुच्छर हुने भइयो भन्दै झण्डै रोएनन् प्रचण्ड !
काठमाण्डौ । माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र कांग्रेसको नाम लिँदै निकै निकै आत्मग्लानी महसुस गरेका छन् । स्थानीय चुनावमा हार बेहोरेपछि पहिलोपटक बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा उनले आफुहरु अब कुनै पार्टीसँग तुलना गर्न नमिल्ने शक्ति भएको बताउँदै आत्मग्लानी गरेका हुन् ।

सोमबारबाट सुरु भएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालय बैठकको शुभारम्भ गर्दै प्रचण्डले आफ्नो पार्टीभन्दा एमाले र कांग्रेसनै बढी जनतामा अन्तरघुलन भएको बताउँदै आफ्नो पार्टी भने गुट चलाएका कारण सकिएको बताएका थिए ।
माओवादी अब एमाले र कांग्रेसको पुच्छर भएको बताउँदै अध्यक्ष प्रचण्डले ती पार्टीको जस्तै गुटगत प्रवृत्ति आफ्नो पार्टीमा पनि हावी हुनाले यो अवस्था आएको बताउनुभएको श्रोतले जनाएको छ ।
उनले अब यही अवस्था रहिरहे पार्टी विघटन गरे पनि फरक नपर्ने भन्दै निकै ठूलो निराशा व्यक्त गरेको श्रोतको दाबी छ । उनले कम्युनिष्ट पार्टी भएपनि अब माओवादी एमालेको पुच्छर बन्दै गएको संकेत गर्दै निकै निराशाजनक अभिव्यक्ति दिएको बताइएको छ ।
उनले एमाले र कांग्रेससँग आफ्नो पार्टीको तुलना गर्दै उनीहरुभन्दा निकै तल्लो स्तरमा गएगुज्रेको भइएको र त्यसको अपजस गुटगत प्रवृत्तिलाई दिनुभएको श्रोतले बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकको पहिलो दिन सातवटै प्रदेशबाट रिपोर्टिङ भएको छ । बैठक केही दिनसम्म जारी रहने अनुमान गरिएको छ । बैठक अब मंगलबार ११ बजे बस्ने जनाइएको छ । – छलफलबाट ।


