बम फाल्ने प्रहरी हवल्दार अब बन्नेभए साब !

काठमाडौं, साउन २ । निर्वाचन बिथाेल्न अज्ञात समूहले प्रहार गरेको बम जोखिम मोलेर हातैमा समार्इ फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालार्इ गृहमन्त्रीले असईमा बढुवा गर्ने भएका छन्।

नयाँ पत्रिकाको न्युजरुममा अाज भएकाे अन्तरकृयामा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्राेत्साहित गर्ने नीतिअनुसार नै अाफूले रानालार्इ हवल्दारबाट असर्इमा बढुवा गर्न लागेकाे खुलासा गरेका हुन् । रानाले दोस्रो चरण निर्वाचनको क्रममा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रलार्इ लक्षित गरी प्रहार भएकाे बम हातमै समाएर फालेका थिए । उनकाे साहसी कामका कारण ठूलाे दुर्घटना टरेकाे थियाे ।

गृहमन्त्रीले राम्राे काम गर्नेलार्इ पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई तीन महिनाभित्रै कारबाही गर्ने नीति अाफ्नाे भएकाे बताए । गृहमन्त्रीले आफ्ना लागि प्रहरी प्रशासनमा कोही हाम्रा नभएको भन्दै राम्रा छान्ने र जनताको सेवामा प्रहरी संगठनलाई प्रभावकारी बनाउने विश्वास दिलाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।