आइसीसी १९: मलेसियासँगको खेलमा नेपाल ५ विकेटले विजयी

काठमाडौं, ३ साउन । आइसीसी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियासँगको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९.५ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाले २५.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५८ रन बनान सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक २३ रन बनाए भने प्रनित थापामगरले १९ रनको योगदान गरे । नेपालका अन्य व्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्न सन्दिप लामिछाने एक्लैले ५ विकटे लिए । यस्तै पवन शर्राफले ३, किशोर महतो र सन्दिप सुनारले समान १–१ विकेट लिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।