देउवाको किचन क्याबिनेटमा किचलो

काठमाडौं, ३ साउन । प्रधानमन्त्री भएको डेढ महिना बित्न लागेको छ, तर शेरबहादुर देउवाले मन्त्रिमण्डल बिस्तारको त कुरै छाडौं, आफ्नै सचिवालय समेत बनाउन सकेका छैनन् । एक महिनापछि परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई तथा वरिष्ठ सञ्चारविज्ञमा गोविन्द परियार नियुक्त गरेका उनले साउन १ गते केशवराज जोशीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

जोशी स्वकीय सचिवमा नियुक्त हुँदा देउवाका पीए भानु देउवा किन नियुक्त हुन सकेनन् भन्ने प्रश्न कांग्रेस वृत्तमा उठेको छ । बिहानदेखि बेलुकासम्म भानु, देउवाकै साथमा हुन्छन् । तर, पनि उनको अझै नियुक्ति हुन सकेको छैन ।

स्रोतका अनुसार भानुको नियुक्ति रोकिनुमा आरजुको हात छ । पछिल्लो समय आरजु र भानुबीचको सम्बन्ध राम्रो छैन । त्यहीकारण आरजुले भानुको नियुक्ति रोकेकी हुन् ।

आरजुले सबै कुराहरु आफूलाई रिपोर्टिङ गर्नुपर्ने बताउने गरेकी छिन् । तर, भानुले त्यसमा नमान्दाखेरी विवाद बढेको हो । अहिले पनि प्रधानमन्त्रीको गाडीमा एउटै सिटमा भानु हिंड्छन् । तर, आरजुका कारण प्रधानमन्त्रीले उनलाई नियुक्त गर्न सकेका छैनन् । शैक्षिक प्रमाणपत्र नपुगेको बहानामा नियुक्ति रोकिएको छ । दृष्टीन्यूजमा खबर छ ।

प्रहरी महानिरीक्षक बढुवाको विषयमा पनि भानु र आरजुबीच सम्बन्ध बिग्रिएको थियो । आरजु र उनका भाइ भूषण राणाले नवराज सिलवाललाई बढुवा गर्न लबिङ गरेका थिए । भानुले सिलवाललाई देउवासँग भेट गर्न समेत नदिई जयबहादुर चन्दको पक्षमा लागेका थिए । भानु प्रधानमन्त्रीका आफ्नै भजित हुन् । उनी लामो समयदेखि शेरबहादुर देउवाका पीएका रुपमा काम गर्दै आएका छन् । तर, शेरबहादुर प्रधानमन्त्री भएका बेला आफ्नै नियुक्तिमा चलखेल भएपछि उनी निराश छन् । अझ प्रधानमन्त्रीजस्तो मान्छले स्वकीय सचिव नियुक्तिमा समेत निर्णय गर्ने नसकेको देखेर कांग्रेस नेताहरुसमेत चकित छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।