एकै खाटमा आमासँगै सुतेकी छोरी गायब भएपछि…

कोहलपुर, ३ साउन । बैजनाथ गाउँपालिका ६ पार्वतीपुरमा सोमबार रात्री आमासँगै सुतेकी अढाई बर्षकी छोरी गायब भएपछि गाउँनै त्रसित बनेको छ। आमासँगै खाटमा सुतेर हराएकी बालिका तीन घण्टापछि विहान घरनजिकैको मकैबारीमा फेला परेकी परिन्।

पार्वतीपुरकी सुमीत्रा भण्डारीकी अढाई बर्षीय छोरी अस्मिता भण्डारी मंगलबार विहान तीन बजे हराएकी थिइन्। साँढे तीन बजे खवर पाएको ईलाका प्रहरी कार्यालय कोहलपुर र स्थानीयले विहान ६ बजेसम्म बालिकाको खोजी गरेका थिए।

विहान ६ बजे घरनजिकैको मकैबारीबाट बालिका आएपछि त्रसित स्थानीय अचम्मित भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले बताए। आमासँगै सुतेको बालिकाला कसैले बिस्तराबाट उठाएर लिएको हुनसक्ने उनको भनाइ छ। कोठाभित्र आफैसँगै सुतेको छोरी कसैले उठाएको आमासमेतले चाल नपाएपछि खोजी गर्न प्रहरी र स्थानीय रातभर लागेको उनले भने। आमासँगै सुतेर हराएको तीन घण्टापछि मात्र बालिका घरमा आएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

बालिकाको शरीरमा सामान्य चोटजस्तो संकेत देखिएकोले अपहरण हो वा जर्वजस्तीकरणीका लागि उठाएको अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए। स्वास्थ्य परीक्षण रिर्पोटबाट बालिकाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। आमा गर्मीमा ढोका खोलेर सुतेको बेला बालिका कसैले उठाएर लिएको हुन सक्ने अनुमान गरिएको छ। नागरिकन्यूजबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।