बल्ल टुंगियो मन्त्रालय भागवण्डा ! माओवादी र कांग्रेसले यसरी लगाए भागबण्डा !

काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको अनलाईन खबरले लेखेको छ ।


फाईल फोटो

मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ ।

कांग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार कांग्रेस आफैंले राखेको छ भने माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ ।

अघिल्लो सरकारमा आफूले लिएको परराष्ट्र मन्त्रालय यो पटक माओवादीले लिएपछि स्वास्थ्य आफूले पाउनु पर्ने कांग्रेसको दाबी थियो भने भौतिक तथा पूर्वाधारमा दुबै पार्टीको दाबी रहँदै आएको थियो ।

माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ ।

मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्न बनेको कार्यदलका सदस्य रमेश लेखकले अनलाइनखबरसँग भने, ‘मन्त्रालय बाँडफाँड टुंगिएको छ ।’

कांग्रेस र माओवादीबीच बुधबार पुनः छलफल गर्ने र मन्त्रिपरिषद विस्तारलाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले जानकारी दिए ।

सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कांग्रेस नेता लेखकले बताएका छन् ।

कांग्रेस र माओवादीले भोलि नै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्ने तय भएको स्रोतले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖