जिल्ला समन्वय समिति धनकुटाको २ करोड ३८ लाख रुपैयाँ फ्रिज

धनकुटा खबर, साउन ५ । आर्थिक बर्ष २०७३-०७४ मा जिल्ला समन्वय समिति धनकुटाको २ करोड ३८ लाख रुपैयाँ रकम फ्रिज भएको छ ।

जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको ६५ लाख रुपैयाँ रकम फ्रिज भएको जिल्ला समन्वयन समिति धनकुटाले जानकारी दिएको छ ।

त्यसैगरी संस्कृति प्रर्बद्धन कार्यक्रम अन्र्तगत ४४ लाख, झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रमको पुँजीगत तर्फ ३१ लाख र चालु खर्चतर्पm ३१ लाख रुपैयाँ फ्रिज भएको छ ।

त्यस्तै सानासिंचाई तथा अन्य पुर्वाधार विकास कार्यक्रमको ३० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १४ लाख , स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ७ लाख, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमबाट ५ लाख, दुई आर्थिक केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमबाट ७ लाख, स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच निर्माणको लागि आएको १ लाख रुपैयाँ बजेट फ्रिज भएको छ ।

स्वीकृत गरेका योजना तथा कार्यक्रममा स्थानीय उपभोक्तहरु समयमै सम्झौता गर्न नआएको, योजनाहरुको काम समयमै नसकेको र केही योजनाहरु सञ्चालन गर्न उपभोक्ताहरु सम्पर्कमा नआएकाले सञ्चालन गर्न नसकेको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए ।

अघिल्लो बर्ष पनि समितिको १ करोड ५५ लाख रुपैयाँ फ्रिज भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।