अफगानिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं, ५ साउन एसिसी यू–१९ बिश्वकपको छनोट खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै अलहाउट हुन पुग्यो । नेपालका तर्फबाट पवन सर्राफले सर्वाधिक २६ रन बनाएका थिए । हारसँगै यू–१९ बिश्वकप खेल्ने नेपालको सम्भावना कम भएको छ ।

सिंगापुरमा जारी प्रतिस्पर्धामा अफगानिस्तानलाई नेपालले २ बल बाँकी रहदा १९० रनमा अलहाउट गरेको थियो । प्रतिस्पर्धामा बलियो टिम मानिएको अफगानिस्तानले बलियो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानलाई नेपाली बलरले सस्तैमा अलआउट गरेका थिए ।

नेपालका तर्फबाट साहब खानले सर्वाधिक ३ बिकेट लिएका थिए । त्यस्तै कप्तान सन्दीप लामिछाने र पवन सर्राफले २÷२ विकेट लिए । बलियो बलियो रहेको नेपाली टिम ब्याटीङमा भने कमजोर छ । नेपालले यसअघि सिंगापुर र मलेसियलाई हराइसकेको छ । प्रतिस्पर्धामा सहभागी चार राष्ट्रमध्ये अंक तालिकमा शीर्ष स्थानमा नम्बरमा रहने बिश्वकपका लागि छनोट हुने छ । अफगानिस्तानसँग हारेपछि नेपालको बिश्वकप खेल्ने सम्भावना कमजोर भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।