धनकुटामा पशुपालनका लागि पौने ७ करोड खर्च !
धनकुटा खबर, साउन ५ । धनकुटाको पशुपालनका लागि आर्थिक बर्ष ०७३÷०६४मा ६ करोड ६३ लाख ६८ हजार खर्च गरिएको छ ।

आर्थिक बर्षको समाप्ति संगै पशु कार्याल धनकुटाले ‘प्रेस ब्रिफिङ’ कार्यक्रम गरेर पशुपालनको क्षेत्रको डेरी,पशु पालन अनुदान र औषधी÷उपचारका बिभिन्न ३० वटा शिर्षकमा उक्त रकम खर्च गरिएको जानकारी दिएको छ ।
कार्यालयले उक्त रकम मध्ये केन्द्रिय कार्यक्रम अन्तर्गत २ करोड ३९ लाख २८ हजार र जिल्ला स्तरीय कार्यक्रम अन्र्तगत ३ करोड २८ लाख २१ हजार गरी ५ करोड ६७ लाख ४९ हजार रुपैंया खर्च गरेको जानकारी दिएको छ ।
साथै पशुपालनको प्रवद्धर्ननको क्षेत्रमा ९६ लाख १९ हजार रुपैंया खर्च गरिएको निमित्त कार्यालय प्रमुख झविन्द्र मरासिनीले जानकारी दिए ।
उक्त रकम अनुदानबाट जिल्लका १ सय ४ वटा पशु फर्म तथा समुहद्वारा सन्चालित बिभिन्न दुग्धजन्य डेरी उद्योग लाभाम्बित भएको
हाल धनकुटामा १ सय ३१ गाई फर्म,१२ भैंसी,१ सय २७ बाख्रा,७९ बंगुर र ४३ वटा लेयर कुखरा सहित १ सय ८ वटा ब्रोईलर कुखुरा फर्म गरी जिल्लामा कुल ४ सय ५७ फर्महरु सन्चालनमा रहेको कार्यालयको तथ्यांक छ ।


