सागुरीगढी गाउपालिका ८ को वडा परिषद आज सम्पन्न, २० लाख वरावरको वजेट छुट्याईयो,- कुन क्षेत्रमा कति ?
धनकुटा खबर, साउन २० । सागुरीगढी गाउपालिका वडा नं ८ को वडा परिषद आज सम्पन्न भएको छ ।
वडाध्यक्ष विनय राईको अध्यक्षतामा सम्पन्न परिषदले २० लाख वरावरको वार्षिक योजना तथा कार्यक्रमको लागि वजेट छुट्याएको छ । जसअनुसार खुडी, पोक्ला, हर्सुवा, सिर्वानी रकुम्टाङ सडक निर्माणका लागि ५ लाख,पेंखा,चिङ्कुला,रन्फने,संगीता चोक हुदै सिद्ध प्रावि सम्मको कृषी सडक निर्माणका लागि ५ लाख,वालकल्याण प्राविको तारघेरावाराका लागि १ लाख, खेलमैदान मर्मतका लागि १ लाख, खेलकुद सञ्चालनका लागि ५० हजार अजम्वरी आमासमूहको भवन मर्मतका लागि १ लाख वजेट छुट्याईएको परिषदमा सहभागी संघीयसमाजवादी पार्टीका प्रतिनीधि पदम राईले जानकारी दिनुभयो ।
परिषदमा नेपाली कंग्रेसको तर्फवाट प्रकाश राई,एमालेको तर्फवाट अजम वहादुर राई,संघीय समाजवादी पार्टीको तर्फवाट पदम राई,माओवादीकेन्द्रको तर्फवाट लक्ष्मण राई लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।
परिषदकै अवसरमा गाउँपालिका सदस्य सञ्चमाया राई वडा कार्यलय सहसचिव तुलाराम राई र कार्यलय सहयोगी भौजीत राई लाई विदाई पनि गरिएको छ । परिषदमा स्वागत मन्तव्य वडा सदस्य राम वहादुर राईले राख्नुभएको थियो भने सञ्चालन वडा सचिव सुरज क्षेत्रीले गर्नुभएको थियो ।


