छथर शुक्रबारेमा भलिबल प्रतियोगिता, ब्याडमिन्टनमा तेह्रथुम र धनकुटा फाईनलमा प्रबेश

धनकुटा खबर / तेह्रथुम, २२ साउन । तेह्रथुमको छथर शुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा सञ्चालन भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न ब्याडमिन्टनमा तेह्रथुम र धनकुटा फाईनलमा प्रबेश गरेका छन ।

आज भएको खेलमा छथर गाँउपालिका तेह्रथुमले सोना स्मृती प्रतिष्ठान तेह्रथुमलाई २५ ÷२२ १७ ÷ २५ २५ ÷२३ २५ ÷१८ पराजित गरेको छ । त्यस्तै म्याङलुङ तेह्रथुमले सुदाप खेलकुद बिकास समितीलाई १७ ÷२५ २३ ÷२५ मा पराजित गरेको आजै भएको ब्यामिन्टन खेलमा तेह्रथुमले आयोजकलाई १३ ÷२१ ÷११ ÷२१ र धनकुटाले तेह्रथुमलाई १८ ÷ २१ १२ ÷ २१ ले जित्दै फाईनल प्रबेश गरेको रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । प्रतियोगितामा भलिबल तर्फ ५ टिम र ब्याडमिन्टन तर्फ १० वटा टिमको सहभागीता रहेका छन ।

बिगतका बर्षहरु झै यस बर्ष पनि रत्नदेबी युबा सेवा समाज छथर सुक्रबारेको आयोजनामा छथर क्षेत्रलाई खेलकुद बिकास गर्ने उदेश्यका साथ अहिले सम्मकै उच्चधनरासीको खुल्ला भलिबल प्रतियोगिता हुने भएको समाजका अध्यक्ष आंखेवाले बताउनु भयो । उहाँका अनुसार भलिबल प्रतियोगितामा बिजेताले नगद ३५ हजार प्रमाण पत्र र मेडल प्राप्त गर्ने भएका छन । त्यस्तै उपबिजेताले २० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।

त्यस्तै संस्कृती तथा कला संरक्षणका लागी आयोजन ागर्न लागीएको सांस्कृतीक कार्यक्रममा प्रथम हुुनेले नगद १० हजार प्रमाण पत्र दोश्रो स्थान प्राप्त गर्नेले ६ हजार नगद प्रमाण पत्र र तेश्रो स्थान प्राप्त गर्नेले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने भएका छन । प्रतियोगिताहरुमा यस बर्ष ब्याडमिन्टन प्रतियोगितालाई पनि थप आर्कषकको रुपमा राखीएको आयोजकले जनाएको छ ।

ब्याडमिन्टनमा बिजेताले हुनेले नगद १० हजार प्रमाण पत्र र उपबिजेता ५ हजार नगद सहति प्रमाण पत्र प्राप्त गर्ने भएका छन । परम्परादेखी लाग्दे आएको ऐतिहासिक भदौ पुर्णीमाको अबसरमा यस क्षेत्रका धामीझाँकीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्मान गरीने भएको छ । छथर क्षेत्रलाई पर्याटन बिकास सँगै छथरलाई समृद्ध छथरको रुपमा बिकास गर्ने उदेश्यका साथ आन्तरीक तथा बाह्रीय खेलाडीहरुलाई भित्र्याउने लक्ष्यका साथ बिगत बर्षहरु देखी नै बिभीन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको समाजले यस बर्ष थप प्रतिायोगिताहरु आयोजना गर्न लागेको छ ।

प्रतियोगिताहरु सँगै ऐतिहाँसिक मेलामा तेह्रथुम पान्थर धनकुटा सुनसरी तथा संखुवासभा लगायतका ठाँउबाट खेलप्रेमी सँगै मेला भर्नका लागी स्थानीयह आउने गरेका छन । मेला भर्न आउने पर्याटकहरुले लिम्बुवानको ऐतिहाँसिक राजधानी ताक्लुङ गडी साँवा लिम्बुहरुको माङगेना यक चाङसिङ गडी लगायतका स्थानहरुको अबलोकनका साथै सेप्माङलुङको दर्शन गर्ने तिर्थालुहरुको आगमन हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।